४ माघ, गोरखा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गोरखाका दुवै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
निर्वाचन क्षेत्रनम्बर–१ मा हरिराज अधिकारी र २ मा लेखनाथ न्यौपानेले टिकट पाएका छन् । उनीहरु दुवै जनालाई पार्टी संयोजक प्रचण्डले टिकट हस्तान्तरण गरेका हुन् ।
अधिकारी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रका उम्मेदवार थिए । नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठलाई ३ हजार २१७ मतले पराजित गर्दै उनी निर्वाचित भएका थिए ।
२०७९ को निर्वाचनमा क्षेत्रनम्वर २ बाट प्रचण्ड विजयी भएका थिए । २०७४ सालको निर्वाचनमा भने नारायणकाजी श्रेष्ठ उम्मेदवार थिए । उनी डा. बाबुराम भट्टराइसँग पराजित भएका थिए ।
आसन्न निर्वाचनमा प्रचण्ड रुकुमपूर्व र नारायणकाजी सर्लाही–३ बाट निर्वाचन उठ्ने भएपछि गोरखा २ मा न्यौपानेले अवसर पाएका हुन् ।
प्रतिक्रिया 4