News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार स्थानीय बजारमा आलुको भाउ घटेको तथ्यांक सार्वजनिक गरेको छ।
- आज कालीमाटी बजारमा रातो आलुको भाउ प्रतिकिलो थोकमा न्यूनतम २६ देखि अधिकतम ३१ रुपैयाँमा किनबेच भएको छ।
- भारतीय रातो आलुको भाउ पनि घटेर न्यूनतम २५ देखि अधिकतम २६ रुपैयाँ प्रतिकिलो भएको छ।
४ माघ, काठमाडौं । स्थानीय बजारमा आलुको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आइतबार आलुको भाउ घटेको देखाएको हो ।
बजारमा अहिले भारतीय र नेपाली रातो आलु किन्न पाइन्छ ।
आज कालीमाटी बजारमा रातो आलुको भाउ प्रतिकिलो थोकमा न्यूनतम २६ देखि अधिकतम ३१ रुपैयाँमा किनबेच भएको छ । यस्तै औसत भने प्रतिकिलो २८ रुपैयाँ कायम छ ।
हिजो शनिबार रातो आलु प्रतिकिलो थोकमा न्यूनतम २८ देखि अधिकतम ३२ र औसत ३० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै हिजोको तुलनामा आज भारतीय रातो आलुको भाउ पनि घटेको तथ्यांकले देखाउँछ । आज भारतीय रातो आलु प्रतिकिलो थोकमा न्यूनतम २५ देखि अधिकतम २६ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो शनिबार भने उक्त आलु न्यूनतम २५ देखि अधिकतम २७ र औसत २६ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया 4