+
+
Shares

देउवा समूहको रिट सर्वोच्चमा दर्ता

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकतालाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकतालाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
  • निर्वाचन आयोगले गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई आधिकारिकता दिएको निर्णय खारेज गर्न देउवा समूहले माग गरेको छ।

४ काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकतालाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भएको र सोही कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेपछि देउवा समूहले आज सर्वोच्चमा रिट दायर गरेको हो ।
‘पेस भएको रिट निवेदन अध्ययनपछि दर्ता हुने प्रक्रियामा छ,’ सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, ‘दर्ता प्रक्रिया सकिएपछि  मात्रै पेसीको मिति टुंगो लाग्नेछ ।’

यो समूहले निर्वाचन आयोगको निर्णय खारेज गरी शेरबहादुर देउवा सभापति भएको समिति नै आधिकारिक भएको दाबीसहित रिट पेस गरेको हो ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वका गएका नेताहरूले रिट दायर गरेका हुन् । रिट लिएर खड्का, विमेन्द्र निधि, प्रकाशमान सिंह, मीनबहादुर विश्वकर्मासहितका नेताहरू पुगेका थिए ।

यसअघि विशेष महाधिवेशनको पक्षमा नलुखेका शेखर कोइराला समूहका नेताहरू पनि रिट लिएर गएनन् । शेखरले आफू पक्षका नेताहरूको भेला बोलाएका छन् । भेला आजै दिउँसो १ बजे अनुपम फुडल्यान्डमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?