+
+
Shares

प्रदीप र गुरुराजलाई महामन्त्रीबाट हटाउन माग गर्दै आयोगमा उजुरी

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका महामन्त्रीद्वयको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १६:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजकुमार डाँगीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेको पद खारेज गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।
  • डाँगीले कांग्रेसको विधानको धारा ५९ उल्लंघन भएको भन्दै दुवै महामन्त्रीले १५औं महाधिवेशनअघि उम्मेदवारी दिन नपाउने उल्लेख गरेका छन्।
  • निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको छ भने देउवा समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

४ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका महामन्त्रीद्वयको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।

दाङको बबई गाउँपालिका-७ घर भएका राजकुमार डाँगीले कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको पद खारेज गर्न माग गरेका हुन् ।

‘…नेपाली कांग्रेसको विधानको धारा ५९ बमोजिम विधान उल्लंघन गरिएको उक्त धाराअनुसार निर्वाचित भएका व्यक्तिको पद खारेज गरी पाउँ,’ उनले निवेदनमा भनेका छन्, ‘नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका व्यक्तिहरू क्रमश प्रदीप पौडेल र गुरुराज घिमिरे यसभन्दा अघिको १४औं महाधिवेशनमा क्रमश महामन्त्री र कोशी प्रदेश सभापतिमा पराजित भएको हुँदा दुवै जना व्यक्ति १५औं महाधिवेशनभन्दा अगावै विशेष महाधिवेशनमा उम्मेदवारी दिन नपाउने व्यवस्था नेपाली कांग्रेसको विधानमा स्पष्ट भएको ।’

उक्त निवेदनमा पार्टीको निर्धारित व्यवस्थाको उल्लंघन भएकोले दुवैको पद खारेज गर्न माग गरिएको छ ।

त्यस्तै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले समेत आधिकारिकता प्रदान गरिसकेको छ । कांग्रेसकै निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पनि आधिकारिकता दिने निर्णय बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?