+
+
Shares

जनकपुरबाट भ्रमण आएको बस धरानमा दुर्घटना, पाँच जनाको मृत्यु

जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमणमा गएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमणमा गएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

४ माघ काठमाडौं । जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानका प्रहरी प्रमुख एसपी कवित कटुवालले अनलाइनखबरलाई जानकारी दिए ।

धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्टनजिक दुर्घटनामा परेको हो ।

‘जनकपुरबाट धनकुटाको भेडेटार पुगेर आएको बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो,’ उनले भने, ‘१ बच्चासहित ५ जनाको मृत्यु भएको छ । १२ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’

उनले मृतक र घाइतेहरू बसका यात्रु हुन् वा दुर्घटना भएको ठाउँमा किचिएका हुन् भन्ने एकिन नभएको बताए । बसले औषधि पसल ‘न्यु शबा मेडिकल’मा ठोकिएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?