४ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नेसम्बन्धी कुनै निर्णय नगरेको बताएका छन् ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने वा नबन्ने भन्नेबारे कुनै निर्णय लिइ नसकेको जानकारी दिए ।
केही दिनयता राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिने चर्चा चलेको थियो । तर यसलाई मन्त्री खरेलले भने हालसम्म कुनै निर्णय नलिइसकेको भन्दै अस्वीकार गरे ।
‘मैले अहिलेको मितिसम्म चुनाव लड्ने अथवा नलड्ने भनेर सार्वजनिक रुपमा भनेको पनि छैन । निर्णय पनि गरेको छैन । अर्को नियमित पत्रकार सम्मेलनमा जानकारी गराउँला,’ उनले भने ।
मन्त्री खरेलले यसबारे अर्को नियमित पत्रकार सम्मेलनमा जानकारी गराउने पनि स्पष्ट पारे ।
प्रतिक्रिया 4