+
+
Shares

आखेटोपहार मुद्दाका फरार कैदी समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १९:५२

४ माघ, काठमाडौं । आखेटोपहार मुद्दाका फरार कैदीबन्दी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–६ घर भइ भक्तपुर सूर्यविनाय नगरपालिका–८ बस्दै आएका शुकलाल तामाङ छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

२८ पुस २०८१ मा भक्तपुर जिल्ला अदालतले उनलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो । फैसला कार्यान्वयको क्रममा सुन्धारा कारागारमा रहेका उनी जेनजी आन्दोलनको क्रममा फरार भएका थिए ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयका लागि सुन्धारा कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?