जनकपुरधाम । सभालाई सम्बोधन गर्न मधेशको राजधानी जनकपुरधाम आएका रास्वपा नेता बालेन शाहले जानकी मन्दिरमा पूजा गरी आजको दिन सुरुवात गरेका छन् । जनकपुरधामबाट उनी मधेश आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्न लहान पुगेका छन् ।
उनी आज एकाबिहानै पूजाआजाका लागि जानकी मन्दिर पुगेका थिए । पूजाआजापछि उनले मन्दिरका पूजारी तथा सहमहन्थ रामरोशन दाससँग भेटघाट पनि गरेका थिए ।
बालेनसँगै पूर्वसांसद अमरेश कुमार सिंह पनि भेटमा सहभागी थिए । जनकपुरधाममा आज आयोजना हुने सभाबाट अमरेश कुमार सिंह पनि रास्वपा प्रवेश गर्दैछन् ।
सो सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछानेसँगै बालेन आइतबार साँझ जनकपुरधाम आइपुगेका थिए ।
त्यसअघि बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय बनस्थलीमा पदभार ग्रहण गरेका थिए ।
बालेन शाह २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दैछन् ।
प्रतिक्रिया 4