५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन् । आज बिहान साढे १० बजेको फ्लाइटमार्फत ओली काठमाडौंबाट झापा जान लागेका हुन् ।
२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन हुने कार्यसूची रहेकोले ओली झापा जान लागेका हुन् ।
अध्यक्ष ओली यसअघि विजयी हुँदै आएको झापा-५ बाट चुनाव लड्दैछन् । एमालेले उनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारमा झापा-५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।
झापा-५ बाट रास्वपाबाट बालेन शाह उम्मेदवार बन्ने तय भएको छ भने नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रन्जित तामाङलाई टिकट दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4