५ माघ, काठमाडौं । नेपाली कांग्रेसले नेता डा गोविन्दराज पोखरेललाई प्युठानबाट उम्मेदवार बनाउने भएको छ । सोमबार बसेको संसदीय बोर्डको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरी टिकट दिएको हो ।
‘उहाँ यहाँबाट पत्र लिएर जिल्ला गइसक्नु भयो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘भोलि मनोनयनको दिन भएकोले उहाँलाई ढिलो होला भनेर आजै जिल्ला जान भनिएको हो । औपचारिक घोषणा संसदीय बोर्डले गर्छ ।’
नेपाली कांग्रेस आन्तरिक विवादलाई थाती राखेर उम्मेदवार छनोटमा जुटेको छ । त्यस्तै सहमहामन्त्री फरमुल्लाह मन्सुरले हिमाली जिल्लाहरूका उम्मेदवारको पनि टुंगो लागिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4