६ माघ, विराटनगर । नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर ४ मा जगदीश कुसियतलाई नै टिकट दिएको छ ।
यसअघि उनको टिकट नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका अबुल हुसैन अन्सारीलाई दिइएको थियो । यो क्षेत्रबाट जगदीश कुसियतको एकल उम्मेदवारी सिफारिस भएको थियो ।
सुरुमा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज कुसियतले टिकट पनि पाएका थिए । तर, उनको टिकट नेपाली कांग्रेस छाडेर आइतबार एमाले प्रवेश गरेका अन्सारीलाई दिइयो । टिकट खोसेपछि एमाले भित्र विरोध भएको थियो ।
एमाले सुनसरी अध्यक्ष पर्शुराम यादवले कुसियतलाई नै टिकट दिइएको बताए । ‘उहाँकै हो टिकट, आज आउँदैछ,’ उनले भने, ‘उहाँ नै उम्मेदवार ।’
क्षेत्र नम्बर २ बाट रेवतीरमण भण्डारीले टिकट पाएका छन् । सुनसरी क्षेत्र नम्बर १ मा सूर्यप्रकाश पन्धाकलाई दिइएको टिकट टिकाराम माङ्देनले पाएका छन् । क्षेत्र नम्बर ३ मा भगवती चौधरी उम्मेदवार बनेकी छन् ।
प्रतिक्रिया 4