+
+
Shares

कांग्रेसले काठमाडौंका थप ५ क्षेत्रमा टुंग्यायो उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले काठमाडौंका निर्वाचन क्षेत्र नम्बर ३, ४, ८, ९ र १० मा उम्मेदवारहरूको टुंगो लगाएको छ।
  • काठमाडौं–३ मा रमेश अर्याल, ४ मा सचिन तिमल्सिना, ८ मा सपना राजभण्डारी, ९ मा नानु बास्तोला र १० मा हिमाल कार्कीलाई टिकट दिइएको छ।
  • कांग्रेसले काठमाडौं–५ मा महामन्त्री प्रदीप पौडेल र ६ मा सभापति कृष्णसबुज बानियाँलाई उम्मेदवार बनाएको छ।

६ माघ, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंका थप पाँच निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको छ ।

संसदीय बोर्डले मंगलबार दिउँसो बसेको बैठकले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३, ४, ८, ९ र १० मा उम्मेदवारहरूको टुंगो लगाएको हो ।

कांग्रेस स्रोतका अनुसार काठमाडौं–३ मा रमेश अर्याललाई उम्मेदवार बनाइएको छ । ४ मा सचिन तिमल्सिनालाई टिकट दिएको छ ।

निर्वाचन क्षेत्र नम्बर ८ मा सपना राजभण्डारीले टिकट पाएकी छन् ।

यस्तै, क्षेत्र नम्बर ९ मा नानु बास्तोला र १० मा हिमाल कार्कीलाई टिकट दिइएको छ ।

कांग्रेसले यसअघि काठमाडौं– ५ मा महामन्त्री प्रदीप पौडेललाई दोहोर्‍याउँदै ६ मा काठमाडौं सभापति कृष्णसबुज बानियाँलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?