६ माघ, सर्लाही । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर महतोले मंगलबार मनोनयन दर्ता गराएका हुन् । हालसम्म उक्त क्षेत्रमा अन्य राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छैनन् ।
रामुपाले यस निर्वाचनमा अधिकार पहिचान, मधेशका मुद्दा र समावेशी विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै मैदानमा उत्रिएको महतोको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4