फाइल तस्वीर
६ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले होलीको बाहानामा चुनाव नसर्ने बताएका छन् ।
मंगलबार गृह मन्त्रालयमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।
२१ फागुनमा चुनाव रहेको र सोही समयमा होली समेत रहेकाले निर्वाचन के हुने भन्ने प्रश्नको जवाफ दिँदै गृहमन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।
‘चुनावको लहर होलीभन्दा महत्त्वपूर्ण हो । होलीको खाईपिई अघि–पछि पनि गर्न सकिन्छ । त्यो आफैं म्यानेज गर्ने कुरा हो,’ मन्त्री अर्यालले भने ।
त्यस्तै हिमाली क्षेत्रमा हुने हिमपातको कारण रोकिएको अवस्थालाई भने इन्सिडेन्ट रुपमा मन्त्री अर्यालले बताएका छन् । ‘कुनै ठाउँमा त्यस्तो भएछ भने पछि पनि हो । पछि भएका उदाहरण छन्,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4