+
+
Shares

प्युठानमा दुई उम्मेदवारको शुभकामना आदान प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता सूर्य थापा र नेपाली कांग्रेसका उम्मेदवार प्रा. डा. गोविन्दराज पोख्रेलले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता स्थलमा सौहार्द्धपूर्ण भेटघाट गरे।
  • मनोनयन स्थलमा दुवै नेताबीच हाँसो ठट्टा र शुभकामना आदानप्रदान भयो र फोटो खिच्दै आपसी सद्भाव देखियो।
  • दुवै पक्षले चुनावलाई सभ्य, निष्पक्ष र सौहार्द्धपूर्ण वातावरणमा लड्ने प्रतिबद्धता जनाएका छन्।

६ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय खलङ्गा पुगेका नेकपा एमालेका नेता सूर्य थापा र नेपाली कांग्रेसका उम्मेदवार प्रा. डा. गोविन्दराज पोख्रेलबीच सौहार्द्धपूर्ण भेटघाट देखियो।

मनोनयन स्थलमा दुवै नेताबीच हाँसो ठट्टा र शुभकामना आदानप्रदान भयो। उम्मेदवारहरू तथा उपस्थित नेताहरूले आपसी सद्भाव झल्किने गरी फोटो खिच्दै एकअर्कालाई शुभकामना दिएका थिए।

दुवै पक्षले चुनावलाई सभ्य, निष्पक्ष र सौहाद्र्धपूर्ण वातावरणमा लड्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?