+
+
Shares

टिकट नपाएका एमाले नेताहरू उम्मेदवारसँगै मनोनयन दर्तामा पुगे

पार्टीले टिकट नदिए पनि नेकपा एमालेका नेताहरू आफ्ना क्षेत्रका उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेताहरूले पार्टीले टिकट नदिए पनि आफ्ना क्षेत्रका उम्मेदवारसँगै निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन्।
  • उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङका उम्मेदवार क्षीतिज थेबेको उम्मेदवारी दर्ता गर्नुभएको छ।
  • फरक समूहमा लागेका गोकुल बास्कोटा, सुरेन्द्र पाण्डे र पुरुषोत्तम पौडेलले पनि टिकट नपाएपछि मनोनयन दर्ता गराएका छन्।

६ माघ, काठमाडौ । पार्टीले टिकट नदिए पनि नेकपा एमालेका नेताहरू आफ्ना क्षेत्रका उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।

टिकट नपाएका उपमहासचिव योगेश भट्टराई ताप्लेजुङका उम्मेदवार क्षीतिज थेबेको उम्मेदवारी दर्ता गर्न पुगेका छन् । यसअघिका दुई चुनावमा भट्टराईले ताप्लेजुङबाट जितेका थिए ।

तर, एमालेको एघारौं महाधिवेशनमा फरक समूहमा लागेपछि उनलाई यसपटक टिकट दिइएन । फरक समूहमै लागेका गोकुल बास्कोटाले पनि पार्टीको टिकट पाएनन् ।

काभ्रे–२ मा अशोक व्याञ्जुलाई एमालेले टिकट दिएको छ । बास्कोटा पनि ब्याञ्जुसँगै मनोनयन दर्ता गर्न पुगेका छन् ।

चितवन–१ मा टिकट नपाए पनि पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे मनोनयन दर्तामा पुगे । यहाँ एमालेले कमल पाठकलाई उम्मेदवार बनाएको छ ।

बारा–२ मा टिकट नपाए पनि बलवीर चौधरीको मनोनयन दर्ता गराउन पुरुषोत्तम पौडेल सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?