+
+
Shares

कांग्रेसका महेन्द्र यादवले गराए धनुषा-४ बाट उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:५८

६ माघ, जनकपुरधाम । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि दुई पटक यसै क्षेत्रबाट चुनाव लड्दै आएका थिए । दुवै पटक उनी नेकपा एमालेका रघुवीर महासेठसँग पराजित भएका थिए ।

एमालेका महासेठले यो पटक पनि यसै क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?