+
+
Shares

एनपी साउदले गरे कञ्चनपुर-२ मा उम्मेदवारी दर्ता

यो क्षेत्रमा यसपटक रास्वपाले दीपक बोहरालाई उम्मेदवार बनाएको छ । यस्तै, एमालेले बचनबहादुर सिंह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले माधव पन्तलाई अघि सारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता एनपी साउदले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
  • साउदले गत निर्वाचनमा कञ्चनपुर–२ बाट २८ हजार १३६ मत ल्याएर विजयी भएका थिए भने निकटतम् प्रतिद्वन्द्वी एमालेका नरबहादुर धामीले २१ हजार ६८२ मत पाएका थिए।
  • यसपल्ट रास्वपाले दीपक बोहरालाई, एमालेले बचनबहादुर सिंहलाई र नेकपाले माधव पन्तलाई कञ्चनपुर–२ मा उम्मेदवार बनाएका छन्।

६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

उनले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा मंगलबार कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वपरराष्ट्रमन्त्री साउद गत निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उक्त निर्वाचनमा उनले २८ हजार १३६ मत ल्याएका थिए ।

साउदका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर धामीले २१ हजरा ६८२ मत प्राप्त गरेका थिए ।

कञ्चनपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झंकरराज जोशी ४ हजार ९३७ मतसहित तेस्रो भएका थिए ।

यो क्षेत्रमा यसपटक रास्वपाले दीपक बोहरालाई उम्मेदवार बनाएको छ । यस्तै, एमालेले बचनबहादुर सिंह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले माधव पन्तलाई अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?