+
+
Shares

नेपाली कम्युनिस्ट पार्टीबाट सरिता थापाको मनोनयन दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट सरिता थापाको मनोनोयन दर्ता गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीबाट सरिता थापाले आगामी फागुन २१ गते हुने सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेकी छन्।
  • सङ्खुवासभामा २२ वटा दल सक्रिय छन् र जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन्।
  • जिल्ला निर्वाचन कार्यालयले प्रतिनिधिसभा निर्वाचनका लागि एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेको जनाएको छ।

६ माघ, सङ्खुवासभा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट सरिता थापाको मनोनोयन दर्ता गरेकी छन् ।

नेकपाबाट कोशी प्रदेशसभाकी पूर्वसांसद सरिता थापाको मनोनयन दर्ता गरेकी हुन् ।

लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहँदै आएकी थापाले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएकी छन् ।

एक मात्र क्षेत्र रहेको सङ्खुवासभामा २२ वटा दल सक्रिय रहेका छन् । जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?