+
+
Shares

उम्मेदवारी दर्ताको समय सकियो, निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकालाई असर नपर्ने

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष तर्फको मनोनयन दर्ताको निर्धारित समय सकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष तर्फको मनोनयन दर्ताको निर्धारित समय ६ माघमा सकिएको छ।
  • निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कतिपय जिल्लामा रातिसम्म उम्मेदवारी दर्ता हुनेछ।
  • २१ फागुनमा हुने निर्वाचनमा २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक तर्फबाट निर्वाचित हुनेछन्।

६ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष तर्फको मनोनयन दर्ताको निर्धारित समय सकिएको छ ।

तर, साँझ ५ गनेसम्म मुद्यय निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकालाई असर नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार कतिपय जिल्लामा रातिसम्म उम्मेदवारी दर्ता हुनेछ ।

आगामी २१ फागुनको निर्वाचनका लागि आज देशभर मनोनयन भइराखेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् ।

समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भइराखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?