+
+
Shares

सर्लाही-२ : नेकपाका महेन्द्र रायको उम्मेदवारी दर्ता

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेन्द्र राय यादवले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १७:५८

६ माघ, सर्लाही । ‌नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेन्द्र राय यादवले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सदरमुकाम मलंगवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादवले औपचारिक रूपमा मनोनयन पत्र दर्ता गराएका हुन् ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सर्लाही क्षेत्र–२ बाट यादव २३ हजार ५ सय २९ मत प्राप्त गरि विजयी भएका थिए।

त्यस्तै, २०७४ सालको निर्वाचनमा समेत सोही क्षेत्रबाट उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?