+
+
Shares

खोटाङमा १५ उम्मेदवारको मनोनयन दर्ता, महिला संख्या शून्य

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा १५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ।
  • खोटाङमा १३ वटा दल र दुई स्वतन्त्र गरी १५ उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
  • जिल्लामा १३ वटै दलले महिलालाई बेवास्ता गरेका छन् र १ लाख ४७ हजार १२० मतदाता छन्।

खोटाङ, ६ माघ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा १५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा १३ वटा दल र दुई स्वतन्त्र सहित १५ उम्मेदवारको मनोनयन दर्ता भएको हो ।

नेकपा एमालेबाट जिल्ला अध्यक्ष देवबिक्रम राई, नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि वीरकाजी राई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्थशास्त्री एवम् राजनीतिक विश्लेषक हरि रोका, श्रम संस्कृति पार्टीबाट महासचिव आरेन राई, रास्वपाबाट रुद्र गिरी, उज्यालो पार्टीसँग सहकार्य गरेको राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेस राईको मनोनयन दर्ता भएको छ ।

यस्तै, जसपाबाट राकेश राई, माओवादीबाट केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, जसपा नेपालबाट जिल्ला अध्यक्ष सुनिल चाम्लिङ, राप्रपाबाट दिपक तामाङ, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रयाग राई, नेमकिपाबाट ध्यानप्रसाद ढकाल र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङको मनोनयन दर्ता भएको छ ।

यस्तै, डा. राजकुमार राई र तिलकचन्द्र राईको स्वतन्त्र उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले बताए ।

जिल्लामा १३ वटै दलले महिलालाई भने बेवास्ता गरेका छन् । समावेशी सन्दर्भमा दलहरू अनुदार देखिएका छन् । १० स्थानीय तह रहेको खोटाङमा १ लाख ४७ हजार १२० मतदाता छन् । निर्वाचनका लागि १३६ मतदान स्थल र १९५ मतदान केन्द्र तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?