६ माघ, विराटनगर । आगामी निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मुख्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।
मोरङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट खड्ग फागो, एमालेबाट घनश्याम खतिवडा, नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसाद साम्बा र राष्ट्रीय स्वतन्त्र पार्टीबाट यज्ञमणि न्यौपाने उम्मेदवार बनेका छन् । याे क्षेत्रबाट गत निर्वाचनमा कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बू निर्वाचित भएका थिए । क्षेत्र नम्बर १ मा जम्मा १८ जनाको उम्मेदवारी परेको छ । जसमा ५ जना स्वतन्त्र छन् । यो क्षेत्रमा १ लाख २८ हजार ५४५ मतदाता छन् ।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, नेकपा एमालेबाट दीलिप बगडीया, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रवीर राई, रास्वपाबाट कृष्णकुमार कार्की उम्मेदवार बनेका छन् । याे क्षेत्रमा गत निर्वाचनमा ऋषिकेश पाेखरेल निर्वाचित भएका थिए । याे पटक ४ स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी परेको छ ।
क्षेत्र नम्बर ३ मा नेपाली काग्रेसबाट डाक्टर सुनिल शर्मा, नेकपा एमालेबाट इरान राई, नेपाली कम्युनिस्ट पार्टीबाट डाक्टर देवेन्द्र साम्बाहाम्फे र रास्वपाबाट गणेश कार्की उम्मेदवार बनेका छन् । गत निर्वाचनमा शर्मा विजयी भएका थिए । यो क्षेत्रमा ७ जना स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर ३ मा १ लाख ५८ हजार ५७ जना मतदाता छन् ।
क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट गुरुराज घिमिरे, नेकपाबाट अमनलाल मोदी, नेकपा एमालेबाट जीवन घिमिरे र रास्वपाबाट सन्तोष राजवंशी उम्मेदवार बनेका छन् । गत निर्वाचनमा माेदी विजयी भएका थिए । क्षेत्र नम्बर ४ मा २१ जना उम्मेदवार छन् । जसमा ४ जना स्वतन्त्र छन् । मतदाता संख्या १ लाख १९ हजार २५५ छ ।
क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट फुलकुमार लालवानी, नेकपा एमालेबाट मनोज अग्रवाल, नेपाली कम्युनिस्ट पार्टीबाट शिवकुमार मण्डल, राष्ट्रीय उर्जाशील पार्टी योगेन्द्र मण्डल, रास्वापबाट आशा झाले उम्मेदवारी दर्ता गरेकी छन् । यो क्षेत्रमा २२ जनाको उम्मेदवारी परेको छ । मतदाता १ लाख १० हजार १ सय ७७ जना मतदाता छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका छन् । २०७९ सालको निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भएका थिए । मोरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्र राय, राष्ट्रीय स्वतन्त्र पार्टीबाट रुविना आचार्यसहित २० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिक्रिया 4