News Summary
Generated by OK AI. Editorially reviewed.- ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा प्रमुख दल र स्वतन्त्र उम्मेदवार छन्।
- नेकपा एमालेबाट अम्बिरबाबु गुरुङले टिकट नपाएपछि नेकपाबाट उम्मेदवारी दर्ता गराएका छन् र उनले आफ्नो राजनीतिक भविष्यमा खेलबाड भएको भन्दै आक्रोश पोखेका छन्।
- नेपाली कांग्रेसका कुमार लुइँटेल, नेकपा एमालेकी अस्मिता थापा, नेपाली कम्युनिष्ट पार्टीका अम्बिरबाबु गुरुङ लगायत प्रमुख दलका उम्मेदवारहरू छन्।
६ माघ, ओखलढुंगा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ओखलढुंगामा १६ जनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । तिनमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवार छन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार नेपाली कांग्रेसका कुमार लुइँटेल, नेकपा एमालेबाट अस्मिता थापा, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पूर्वमन्त्री अम्बिरबाबु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई उपेन्द्र यादवको पार्टीको पनि समर्थन छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल, उज्यालो नेपालबाट जेनजी अभियन्ता किशोरी कार्कीले उम्मेदवार दर्ता गरेका छन् । जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट नेत्रबहादुर नेम्वाङ, श्रम संस्कृति पार्टीबाट उद्धव राईको उम्मेदवारी मनोनयन परेको छ ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका शेरबहादुर खत्री, मंगोल नेशनल अर्गनाइजेशनका बजेन्द्र राई, राप्रपाका डिकप्रसाद बास्तोला, मितेरी पार्टीका कुमार तामाङ, नेपाल मजदुर किसान पार्टीका सविना प्रजापति लगायत अन्य उम्मेदवारहरूमा पिङ्की राई नरजित तामाङ रहेका छन् । तीन जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट विद्रोही नेता विक्रम दाहाल, नेकपाबाट सन्त तामाङ र पिङ्की राईले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका सबै नयाँ अनुहार हुन् । नेकपाका गुरुङ प्रदेश सांसद र मन्त्री भइसकेका व्यक्ति भए पनि प्रतिनिधिसभाको निर्वाचनमा उनी पनि नयाँ हुन् ।
टिकट नपाएपछि गुरुङको विद्रोह
एमालेमा लोकप्रिय मानिएका अम्बिर टिकटका प्रमुख दावेदार थिए । टिकट नपाएपछि उनी मंगलबार नेकपाबाट उम्मेदवार बने । नेकपाले मजदुर नेता रामकुमार कार्कीलाई टिकट दिए पनि उनको प्रवेशको विषयले अन्तिम समयमा रद्द भएको थियो । उनले आफ्नो राजीतिक भविष्य माथि खेलबाड भएको भन्दै आक्रोश पोखेका छन् । यद्यपि, नेता कार्यकर्ताहरूलाई पार्टीका उम्मेदवार जिताउन अपिल भने गरेका छन् ।
प्रतिक्रिया 4