News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरकी सुरवी बज्राचार्यले १५ औँ संस्करणको ‘मिस लिटिल नेवाः ११४५’ को उपाधि जितेकी छन्।
- कृष्टिना महर्जन मुख्य उपविजेता र ‘मिस ट्यालेन्ट’ घोषित भएकी छन् भने रिपान्सी श्रेष्ठ सेकेन्ड रनर्सअप भएकी छन्।
- प्रतियोगिताको उद्देश्य नेवार समुदायको भाषा, लिपि, कला र संस्कृति जोगाउन बालिकालाई अभिप्रेरित गर्नु रहेको छ।
काठमाडौं । १५ औँ संस्करणको ‘मिस लिटिल नेवाः ११४५’ को उपाधि ललितपुरकी सुरवी बज्राचार्यले जितेकी छन् । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमिन् । जितसँगै उनले चम्किलो ताज, नगद २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् ।
नेप्लिज फेसन होमको आयोजना र फाइट फर लाइफको सह-आयोजनामा सम्पन्न प्रतियोगितामा काठमाडौँ मैतीदेवीकी कृष्टिना महर्जन फस्ट रनर्सअप घोषित भइन् ।
कृष्टिनाले मुख्य उपविजेतासँगै ‘मिस ट्यालेन्ट’ को उपाधि समेत आफ्नो पोल्टामा पारिन् । त्यसै गरी, कुलेश्वरकी रिपान्सी श्रेष्ठ सेकेन्ड रनर्सअप बनिन् । उनीहरूले क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगदसहित ताज र मेडल प्राप्त गरेका छन् ।
नेपाल पुलिस क्लबको सभाहलमा आयोजित फिनालेमा लायन्स क्लबका पास्ट डिस्ट्रिक्ट गभर्नर मनिश्रीरत्न बज्राचार्य, अधिवक्ता लक्ष्यमान महर्जन, शिक्षिता श्रेष्ठ, जिवेश्वरलाल श्रेष्ठ, राजु नापित र शान्तमान महर्जनको निर्णायक टोलीले विजेता छनोट गरेको थियो ।
प्रतियोगिताको उद्देश्य नेवार समुदायको भाषा, लिपि, कला र संस्कृति जोगाउन बालिकालाई अभिप्रेरित गर्नु रहेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।
प्रतिक्रिया 4