News Summary
Generated by OK AI. Editorially reviewed.- धरान फुटबल क्लबले २६औं बुढासुब्बा गोल्डकप फुटबल २०८२ को खेलतालिका सार्वजनिक गरेको छ।
- माघ २२ गते धरान एफसी र भारतको जर्जियन एफसीबीच उद्घाटन खेल हुनेछ।
- प्रतियोगितामा १० टोली सहभागी छन् र विजेताले नगद १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
७ माघ, काठमाडौं । २६औं बुढासुब्बा गोल्डकप फुटबल २०८२ को खेलतालिका सार्वजनिक भएको छ ।
आयोजक धरान फुटबल क्लबले बुधबार सार्वजनिक गरेको खेलतालिका अनुसार धरान एफसी र भारतको जर्जियन एफसीबीच माघ २२ गते उद्घाटन खेल हुनेछ ।
यस संस्करणमा कूल १० टोलीको सहभागिता छ । जसमा ए डिभिजनका ५ क्लब छन् भने भारत र भुटानको एक-एक टोली छन् ।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ, उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार राशी हात पार्ने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान होण्डाको डियो स्कुटर पुरस्कार पाउनेछ ।
सर्वाधिक गोलकर्तालाई नगद ३५ हजार प्रदान गरिने छ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।
प्रतिक्रिया 4