+

महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

२०८२ माघ  ८ गते १२:०५ २०८२ माघ ८ गते १२:०५
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

८ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल २ रनले पराजित भएको हो ।

१४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन मात्र जोड्न सके ।

त्यसअघि नेपाललाई २४ बलमा ४८ रन आवश्यक हुँदा सीता र रुबिना मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए । रुबिनाले अविजित ३७ रन, सीता रानामगरले अविजित २७ रन बनाइन् । बिन्दु रावलले १८ रन बनाइन् ।

नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् । सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।

नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १-१ विकेट लिए ।

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।

नेदरल्यान्ड्स आजको जितसँगै सुपर सिक्समा पुगेको छ ।

तस्वीरहरू : विकास श्रेष्ठ

नेपाली क्रिकेट महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय