+
+
Shares

कांग्रेसको १५औं महाधिवेशन वैशाखमा गर्नु व्यवहारिक छैन : महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औं महाधिवेशन आगामी वैशाखमा गर्नु व्यवहारिक नभएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १७:४६

८ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औं महाधिवेशन आगामी वैशाखमा गर्नु व्यवहारिक नभएको बताएका छन् ।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यकाल एक बर्षभन्दा बढी लम्ब्याउन नमिल्ने भन्दै पुस मसान्तसम्म महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।

‘एक वर्षभन्दा बढी यसलाई लम्ब्याउन सक्दैनौँ । हामी बाँधिएका छौँ,’ उनल भने, ‘वैशाखमा गर्न कति सकिन्छ ? कति व्यवहारिक हुन्छ ? घोषणामात्रै गरेर हुँदैन । निर्वाचनको परिणाम आएर सरकार गर्दा नगर्दै चैत लागिसक्छ वैशाखमा गर्न व्यवहारिक म देख्दिनँ ।’

यसअघि गगनकुमार थापाले सभापति निर्वाचित भएलगत्तै वैशाखमा नियमित महाधिवेशन गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?