+
+
Shares

खाडीका ६ देशमा ‘बोर्डर २’ प्रदर्शनमा आएन

‘बोर्डर २’ को कथा सन् १९७१ मा भएको भारत-पाकिस्तान युद्धमा आधारित छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १२:५९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘बोर्डर २’ शुक्रबारदेखि हलमा रिलिज भएको छ जसमा सन्नी देओल, वरुण धवन, दिलजीत दोसाँझ र अहान शेट्टी मुख्य भूमिकामा छन्।
  • खाडीका ६ मुलुकले पाकिस्तानसँग जोडिएको कथावस्तुका कारण ‘बोर्डर २’ को प्रदर्शनमा रोक लगाएका छन्।
  • फिल्मले रिलिज हुनुअघि नै एडभान्स बुकिङबाट १२.५ करोड भारु कमाइसकेको छ र यसको लागत करिब २७५ करोड भारु रहेको छ।

काठमाडौं । निधि दत्ता र अनुराग सिंहको फिल्म ‘बोर्डर २’ शुक्रबारदेखि हलमा रिलिज भएको छ । अभिनेता सन्नी देओल फेरि एकपटक दमदार अवतारमा फर्किएका छन् ।

फिल्ममा सन्नीका साथै वरुण धवन, दिलजीत दोसाँझ र अहान शेट्टी पनि मुख्य भूमिकामा छन् । सामाजिक सञ्जालमा फ्यानले यस फिल्मको निकै तारिफ गरिरहेका छन् ।

तर, यसबीच यो फिल्मलाई लिएर खबर छ- खाडीका ६ मुलुकले यसको प्रदर्शनमा रोक लगाएका छन् । पाकिस्तानसँग जोडिएको कथावस्तु भएको कारण फिल्मलाई मध्यपूर्वमा रोक लगाइएको बलिउड हंगामाले जनाएको छ ।

‘बोर्डर २’ को कथा सन् १९७१ मा भएको भारत-पाकिस्तान युद्धमा आधारित छ । फिल्ममा पाकिस्तान विरोधी कुरा भएको भन्दै खाडीका देशमा प्रतिबन्ध लगाइएको छ । यसअघि फिल्म ‘धुरन्धर’ लाई पनि यसै गरी रोक लगाइएको थियो ।

बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र युएईले फिल्मलाई रोकेका हुन् ।

‘हिन्दुस्तान टाइम्स’ को रिपोर्ट अनुसार, यी ६ देशले फिल्मलाई आधिकारिक रूपमा प्रतिबन्ध भने लगाएका छैनन् । तर फिल्मको कथा पाकिस्तानविरुद्ध भएकाले, त्यहाँका हल सञ्चालक यस्ता विवादित विषयका फिल्म प्रदर्शन गर्नबाट बच्छन् ।

यसअघि फिल्म ‘धुरन्धर’ लाई पनि ती देशमा रिलिज गरिएको थिएन, तर पनि त्यसले बक्स अफिसमा रेकर्डतोड कमाइ गरेको थियो ।

सन् १९९७ मा आएको फिल्मको पहिलो भागको रनटाइम २ घण्टा ५६ मिनेट थियो । ‘बोर्डर २’ भने ३ घण्टा १६ मिनेट लामो छ । यो फिल्मका लागि सन्नी देओलले ५० करोड भारु पारिश्रमिक लिएका छन् ।

फिल्मले रिलिज हुनुभन्दा अगाडि नै एडभान्स बुकिङबाट १२.५ करोड भारु कमाइसकेको छ । यो फिल्म बनाउन करिब २७५ करोड भारु खर्च भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?