+
+
Shares

स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखमा डा. दास

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १३:११

९ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी डा. चुमनलाल दासलाई दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले ४ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै डा. दासलाई उक्त महाशाखाको प्रमुखको जिम्मेवारी सुम्पिएकी हुन् ।

डा. दास यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फाजिलमा थिए । त्यसअघि उनी नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत थिए ।

‘आजबाट नीति योजनाको जिम्मेवारी सम्हालेको छु । आफ्नो कार्यकालमा सकेसम्म सुधारको प्रयास गर्नेछु,’ डा. दासले अनलाइनखबरसँग भने ।

यसअघि नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुख रहेका डा. कृष्णप्रसाद पौडेललाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?