९ माघ, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार दिएका आँधीखोला गाउँपालिका –२ का ३४ वर्षीय मनोज नेपाली दर्जीले उम्मेदवारी फिर्ता लिएका छन् ।
गरिब र धनीबीचको दूरि हटाउनको लागि उम्मेदवारी दिएको र पारिवारिक समस्याका कारण उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् ।
स्याङ्जाका मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमका अनुसार स्वतन्त्र उम्मेदवार दर्जीले नाम फिर्ता लिन निवेदन दिएका हुन् ।
गौतमले भने, ‘स्वतन्त्र उम्मेदवारी दिएका दर्जीको फिर्ताको निवेदन आएको छ । उम्मेदवारी फिर्ताका लागि निर्धारित समय आज दिउँसो १ बजेसम्मलाई रहेको थियो, यो अवधिमा निर्वाचन क्षेत्र नम्बर १ बाट एक जनाको मात्र उम्मेदवारी फिर्ता भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4