+
+
Shares

अर्पण थापाले ‘फ्रेन्च किस’ निर्देशन गर्ने, थिन्ले ल्हामोसँग जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्पण थापाको निर्देशनमा फिल्म 'फ्रेन्च किस' बन्ने भएको छ, जसको छायांकन चितवनमा हुनेछ र सन् २०२६ भित्र प्रदर्शनमा आउनेछ।
  • फिल्ममा अर्पण थापासँगै थिन्ले ल्हामो, गौरी मल्ल र आयशा तामाङ कलाकारको रुपमा देखिनेछन्।
  • फिल्मको संगीत दीपक बज्राचार्यले दिनेछन् र वसन्तपञ्चमीको अवसरमा कमलादीस्थित गणेश मन्दिरमा शुभसाइत पूजा गरिएको थियो।

काठमाडौं । अर्पण थापाको निर्देशनमा फिल्म ‘फ्रेन्च किस’ बन्ने भएको छ । वसन्तपञ्चमीको अवसरमा शुक्रबार निर्माता कम्पनी एटीएफ प्रोडक्सन प्रालिले फिल्म निर्माण गरेको हो ।

यो फिल्म थापाको पाँचौ निर्देशकीय प्र्रोजेक्ट हुनेछ । यसअघि उनले मुखौटा, आधा लभ, सुनकेशरी र घर निर्माण गरेका छन् । नयाँ फिल्म ‘फ्रेन्च किस’ लाई कमलादीस्थित गणेश मन्दिरमा शुभसाइत पूजा गरियो ।

नेपाली फिल्मको अभिनय र निर्देशनमा भिन्न शैली आत्मसात गर्दै आएका थापाको यो फिल्मको छायांकन चितवनमा हुनेछ । फिल्मको शीर्ष भूमिकामा समेत उनी देखिनेछन् ।

फिल्ममा ‘नाका’ र ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो पनि देखिनेछिन् । यो फिल्ममा यी दुईजना कलाकारले जोडी बाँध्ने जनाइएको छ । गौरी मल्ल र आयशा तामाङ पनि कलाकारको रुपमा देखिनेछन् ।

कार्यकारी निर्मातामा सौगात बस्नेत र सह-निर्मातामा सुभाष शाही छन् । सुदीप बरालले खिच्नेछन् । चर्चित पपगायक दीपक बज्राचार्यले संगीत दिनेछन् ।

फिल्मलाई सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने जनाइएको छ । युवापुस्ताको प्रेमकथामा फिल्म बन्ने जनाइएको छ ।

शीर्षकले नै युवा पुस्ता र प्रेमकथामा आधारित हुनसक्ने अनुमान लगाउन सकिन्छ । अभिनय र निर्देशनमा आफ्नै बेग्लै छाप छाड्न सफल अर्पण थापाको यो नयाँ चलचित्रले केही फरक टेस्ट नेपाली दर्शकलाई दिने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?