+
+
Shares

व्यक्तिगत श्रम स्वीकृतिमा जापान जाने कामदार ठगिँदै, विभागले गरायो सचेत

कसैले झुटा आश्वासन दिएर जापानमा वैदेशिक रोजगारीमा पठाइदिने भनी चर्को शुल्क असुल गरे प्रमाण सहित उजुरी गर्न समेत विभागले अनुरोध गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापान जाने नेपाली कामदार व्यक्तिगत श्रम स्वीकृति लिएर अत्यधिक ठगीमा पर्ने गरेको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ।
  • दूतावासले वैदेशिक रोजगार विभागलाई पत्राचार गरी व्यक्तिगत श्रम स्वीकृतिलाई व्यवस्थित बनाउने सिफारिस गरेको छ।
  • वैदेशिक रोजगार विभागले अनुमति नभएका कन्सल्टेन्सीले चर्को शुल्क लिने र झुटा आश्वासन दिने विषयमा सचेत रहन आग्रह गरेको छ।

९ माघ, काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने नेपाली कामदार अत्यधिक ठगीमा पर्ने गरेको पाइएको छ ।

ब्याचलर, कुक तथा सिपयुक्त कामदार लगायत भिसामा व्यक्तिगत श्रम स्वीकृति लिई जाने श्रमिक अत्यधिक मात्रामा ठगीमा पर्ने गरेको पाइएको हो ।

उनीहरूबाट चर्को शुल्क लिने, भने अनुसार काम र तलब नपाउने गरेको उजुरी टोकियोस्थित नेपाली दूतावासमा आउने गरेको छ ।

दूतावासले वैदेशिक रोजगार विभागलाई पत्राचार गर्दै जापानमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने कामदार अत्यधिक ठगीमा पर्ने गरेको जानकारी गराएको हो । दूतावासले व्यक्तिगत श्रम स्वीकृतिलाई व्यवस्थित बनाउने विषयमा विभागलाई पत्राचार गरेको थियो ।

उक्त पत्रमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने अत्यधिक ठगीमा पर्ने गरेको उल्लेख छ । विभागले समेत सचेत रहन आग्रह गरेको छ ।

व्यक्तिगत श्रम स्वीकृति लिई जापान जानेलाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका विभिन्न कन्सल्टेन्सी, संस्था तथा व्यक्तिले जापानमा काम लगाइदिने भन्दै पठाउने गरेका छन् ।

विभिन्न प्रकारका भिसा तथा रोजगारी सम्बन्धी कागजात बनाइ व्यक्तिगत श्रम स्वीकृतिको आवेदन गरिदिने र चर्को शुल्क असुली गरेको गुनासो दूतावास र विभागमा पर्ने गरेका छन् ।

वैदेशिक रोजगारी व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका कोही कसैले यस्तो कानुन विपरीत कार्य नगर्न विभागले सचेत गराएको छ । सार्वजनिक सूचना जारी गर्दै विभागले व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने श्रमिकलाई सचेत रहन आग्रह गरेको हो ।

जापान जानेले आफूलाई प्राप्त भएको भिसा प्रकार, सीईओ, करार सम्झौता, रोजगारदाता कम्पनी तथा संस्था सम्बन्धमा आधिकारिक जानकारी प्राप्त गरी श्रम स्वीकृतिका लागि आवेदन गर्न अनुरोध गरेको छ ।

कसैले त्यसरी झुटा आश्वासन दिएर जापानमा वैदेशिक रोजगारीमा पठाइदिने भनी चर्को शुल्क असुल गरे प्रमाण सहित उजुरी गर्न समेत अनुरोध गरेको छ ।

पछिल्लो समयमा ट्रान्स्पोर्ट ड्राइभर क्यान्डिडेट भिसामा व्यक्तिगत श्रम स्वीकृतिका लागि निवेदन पेस हुने गरेको विभागले जनाएको छ । उक्त भिसाको प्रकृति जापानमा ड्राइभिङ लाइसेन्स परीक्षा दिनुपर्ने र परीक्षा पास गरेको अवस्थामा स्वयंले नै रोजगारी तथा रोजगारदाता खोज्नुपर्ने हुन्छ ।

उक्त भिसाबाट जापानको सुनिश्चतता नहुने भएकाले त्यस्तो  भिसामा श्रम स्वीकृति जारी नगरिने समेत विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?