News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता अनुपविक्रम शाही आफ्नो डेब्यू बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ को डबिङका लागि चाँडै मुम्बई जाने तयारीमा छन्।
- ‘ब्याटल अफ गलवान’ फिल्मले सन् २०२० मा भारतीय र चिनियाँ सेना बीचको गलवान उपत्यकाको झडपलाई प्रस्तुत गर्नेछ।
- फिल्मको पहिलो गीत ‘मातृभूमि’ युट्युबमा रिलिज भएको छ, जसमा अनुपलाई भारतीय सेनाको भूमिकामा र सलमान खानसँग देखाइएको छ।
काठमाडौं । अभिनेता अनुपविक्रम शाही आफ्नो डेब्यू बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ लाई लिएर उत्साहित छन् । यो फिल्मको डबिङको लागि उनी चाँडै मुम्बई जाने तयारीमा छन् ।
शनिबार फिल्मको पहिलो गीत ‘मातृभूमि’ युट्युबमा रिलिज भएको छ । जहाँ, संक्षिप्तरुपमा अभिनेता शाहीलाई देख्न सकिन्छ । उनलाई भारतीय सेनाको भूमिकामा देख्न सकिन्छ ।
तीनवटा सटमा अनुपलाई देखाइएको छ । एउटा वाइड दृश्य, दोस्रोमा क्लोजअप र तेस्रोमा सलमान खानसँग उनलाई चित्रण गरिएको छ । सलमानजस्ता विश्वचर्चित बलिउड स्टारसँग अनुपको यो स्क्रिन-सेयर उनको करिअरका लागि महत्वपूर्ण अवश्य हो ।
भारतीय देशभक्तिपूर्ण यो गीतमा सलमान, अनुपसहित अभिनेत्री चित्रांगना सिंह समेत फिचर्ड छिन् । यो फिल्मले सन् २०२० मा भारतीय र चिनियाँ सेना बीचको गलवान उपत्यकाको झडपलाई प्रस्तुत गर्नेछ ।
अपूर्व लाखिया निर्देशित ‘ब्याटल अफ गलवान’ फिल्म १७ अप्रिल २०२६ मा प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4