११ माघ, दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान मृत भेटिएका छन् । घोराही उपमहानगरपालिका-२ रामपुर निवासी हरी जिसी मृत फेला परेका हुन् ।
यही माघ ८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर निस्केका जिसी तीन दिनसम्म बेपत्ता भएका थिए । उनको स्कुटी बाटोमा भेटिएको थियो । खोजी गर्दा घोराही उपमहानगरपालिका-१८ घरडौराको जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार उनका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको थियो । बिदा माग्दा नपाएपछि उनी तनावमा थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी दीपक श्रेष्ठले पोस्टमार्टम पूरा भइसकेको र मोबाइलको लक खुल्नेबित्तिकै मात्रै मृत्युको कारण खुल्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4