+
+
Shares

फेक रेस्क्यूमा पक्राउ परे जयराम रिमालदेखि मुक्ति पाण्डेसम्म

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकलाई पक्राउ परेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १७:५६
Photo Credit : आर्यन धिमाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकलाई पक्राउ गरेको छ।
  • माउन्टेन रेस्क्यू सर्भिसले १२४८ मध्ये १७१ जनाको फेक रेस्क्यू गरी १ करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको खुलेको छ।
  • नेपाल चार्टर सर्भिस र एभरेस्ट एक्सपिरियन्सले पनि फेक रेस्क्यू गरी क्रमशः ८२ लाख र ११ लाख ५३ हजार अमेरिकी डलर दाबी गरेको अनुसन्धानले देखाएको छ।

११ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकलाई पक्राउ परेको जनाएको छ । सीआईबी प्रमुख तथा एआईजी मनोज केसीले फेक रेस्क्यूमा नक्कली कारोबार गर्ने र पर्यटक ठगीमा संलग्नहरूलाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

सीआईबीले अदालतबाट पक्राउ अनुमति लिएरआजै जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसीलाई पक्राउ गरिएको जनाएको छ। उनीहरूमाथि राष्ट्रहित कसुरमा, आपराधिक लाभको कसुर र संगठित अपराधमा र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी छ ।

जयराम र विवेक माउन्टेन रेस्क्यू सर्भिसका, नेपाल चार्टर सर्भिस प्रालिका रविन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसी हुन् ।

सीआईबीका अनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १२४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको अनुसन्धानबाट खुलेको छ । योबाट उसले १ करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ ।

त्यस्तै नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । उनीहरूले ८२ लाख डलर माग दाबी गरेको अनुसन्धानमा खुलको छ ।

त्यस्तै एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्कयू गरेको पाइएको हो । उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?