११ माघ, काठमाडौं । अनलाइनखबरका वरिष्ठ संवाददाता कमल नेपाललाई मातृशोक परेको छ । नेपालकी आमा लक्ष्मीकुमारी नेपालको आइतबार बिहान ९:३५ बजे आफ्नै निवास बुटवलमा निधन भएको हो ।
७५ वर्षीया उनी लामो समयदेखि क्यान्सर रोगले पीडित थिइन् । उनका ९३ वर्षे श्रीमान्, चार छोरा र एक छोरी छन् ।
नेपालको आइतबार नै दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अनलाइनखबर परिवार दिवंगत नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, अनलाइनखबरकर्मी नेपालसहित परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4