+
+
Shares

आमा गुमाएको आठौं दिनमा अनलाइनखबरकर्मी कमल नेपाललाई पितृशोक 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १७:५६

११ माघ, काठमाडौं । अनलाइनखबरका वरिष्ठ संवाददाता कमल नेपालका पिताको पनि निधन भएको छ । ११ माघमा आमा लक्ष्मीकुमारीलाई गुमाएका नेपालका बुबा पाेखनारायणको पनि निधन भएको हो ।

९३ वर्षीय नेपालको आइतबार राति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पत्नीको निधन भएको आठौं दिनमा पति पाेखनारायणको पनि आफ्नै निवास बुटवलमा निधन भएको हो ।

उनका चार छोरा र एक छोरी छन् । दिवंगत नेपालको आइतबार राति नै दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अनलाइनखबर परिवार दिवंगत नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

साथै, एक साता अवधिमै मातापिता दुवै गुमाएका अनलाइनखबरकर्मी नेपालसहित परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?