News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मी एफसी र कास्कीको लालिगुराँस एसोसिएसनले राष्ट्रिय लिग फुटबलमा गोलरहित बराबरी खेलेका छन्।
- लालिगुराँसले १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने आर्मी ८ अंकसहित पाँचौं स्थानमा छ।
- यो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा १३ माघमा भएको हो।
१३ माघ, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी एफसी र कास्कीको लालिगुराँस एसोसिएसनले राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा आर्मी र लालिगुराँसले गोलरहित बराबरी खेलेका हुन् ।
लालिगुराँसको यो पहिलो बराबरी हो भने आर्मीको दोस्रो बराबरी हो । यो नतिजापछि लालिगुराँस १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।
आर्मी भने ८ अंकसहित पाँचाैं स्थानमा छ ।
तस्वीरहरू : विकास श्रेष्ठ



प्रतिक्रिया 4