१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवा मतदातालाई आकर्षित गर्न सामाजिक सञ्जाल महत्त्वपूर्ण हुँदै गएको बताएका छन् ।
काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले सामाजिक सञ्जालले पारिरहेको प्रभावबारे यस्तो बताएका हुन् ।
‘मतदाता डिजिटल भएका छन् । युवा मतदातालाई प्रभाव पार्न डिजिटल प्लेटफर्ममा हामी अघि बढ्नुपर्छ,’ नेता कोइरालाले भने, ‘जनतामाझ पुग्ने कुरा छँदै छ । आजभोली सञ्जालबाट निर्वाचन प्रभावित हुन थालेको छ ।’
कतिपय निर्वाचन क्षेत्रमा मतदाताले प्रत्यक्ष उम्मेदवार नचिने पनि सञ्जालमा गरिने प्रचारकै कारण निर्वाचन प्रभावित हुँदै गएको उनको भनाइ थियो ।
नेता कोइरालाले २१ फागुनको निर्वाचनबारे राखिएको जिज्ञासामा भने, ‘जित्नलाई चुनाव उठेको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4