+
+
Shares

प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १०:२६

१४ माघ, सर्लाही । नेपाली कांग्रेसका सभापति एवम् सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई जिताउन भन्दै प्रदेश सभा सदस्यका उम्मेदवार र चार जना वडाध्यक्ष कांग्रेस प्रवेश गरेका छन् ।

प्रदेश सभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ (ख) बाट उम्मेदवार बनेका कृष्णकुमार कुशवाह र गोडैता नगरपालिकाका चार वडाध्यक्ष कांग्रेस प्रवेश गरेका हुन् ।

सर्लाहीमा बुधबार आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका वडा नं १ का वडाध्यक्ष सुजित महतो, वडा नं २ का वडाध्यक्ष अजयप्रसाद साह, वडा नं ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डितलाई सभापति थापाले पार्टी प्रवेश गराएको उनको सचिवालयले जनाएको छ ।

वडा नं १ का वडाध्यक्ष महतो र वडा नं २ का वडाध्यक्ष साह नेपाल कम्युनिष्ट पार्टी, वडा नं ५ का वडाध्यक्ष गुप्ता लोसपा, वडा न ११ का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए ।

त्यसैगरी बसबरियाका जसपा नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् ।

यसअघि सर्लाही-४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेस प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?