+
+
Shares

विप्लवलाई प्रचण्डले भने- यताउता नभौंतारिनुस्, एकतामा आउनुस्

उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमीक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १३:२८

१४ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) लाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताए ।

उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमीक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे ।

समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै उनले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भए पनि त्यो सफल हुन नसकेको बताए ।

जेनजी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको संयोजक दाहालको टिप्पणी छ । जेनजी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो आफूलाई लागेको उनले बताए ।

आफूहरूले पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्दै प्रचण्डले विप्लव पक्षलाई अझै अवसर बाँकी रहेको बताए ।

उनले वास्तविक घर यही भएकाले यताउता भौंतारिएर केही नहुने उल्लेख गर्दै आत्मसमीक्षा गरेर एकतामा प्रक्रियामा आए फेरि स्वागत गर्न आफूहरू तयार रहेको बताए ।

‘म उहाँहरूलाई पनि अपिल गर्न चाहन्छु, तपाईंहरू पनि आत्मसमीक्षा गर्नुस्, तपाईंहरूको रियल घर यही हो, तपाईंहरू आउनुपर्ने ठाउँ यही हो । यता र उता गरिराख्नुभएको छ, आजभोलि । त्यसले केही हुनेवाला छैन,’ प्रचण्डले भने, ‘म गम्भीर ढंगले मेरो पुरानो, सँगै बसेको कमरेडहरू हुनुको नाताले पनि म भन्न चाहन्छु, तपाईंहरूले आत्मसमीक्षा गर्ने यो बेला हो । अझै पनि तपाईंहरूको पूरै अवसर गुमिसकेको छैन । तपाईंहरूले आत्मसमीक्षा गर्नुभयो र एकतामा आउनुभयो भने तपाईंहरूलाई स्वागत गर्न फेरि पनि तयार नै छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?