१४ माघ, काभ्रेपलाञ्चोक । दोलखाको कालिञ्चोकमा पनि हिमपात भएको छ । मौसम बदलीसँगै कालिञ्चोकमा बुधबार बिहान केहीबेर र अहिले हिउँ परिरहेको कालिञ्चोक कन्ट्रीभिल्ला रिसोर्ट प्रालिका प्रमोद थापाले जानकारी दिए ।
उनकाअनुसार अहिले दोलखाको कुरी बजार लगायत क्षेत्रमा हिउँ परिरहेको छ । ‘बुधबार बिहान केहीबेर हिउँ परे पनि रोकिएको थियो । अहिले फेरि हिउँ पर्न सुरु भएको छ,’ थापाले भने ।
कालिञ्चोकमा हिउँ परेसँगै हिउँ खेल्न जानेहरूको भिड लाग्ने गर्दछ । हिउँ खेल्न आउनेहरूले प्रायः होटलमा अग्रिम बुकिङ गर्ने गरेका छन् ।
मंगलबार रातिदेखि जुम्ला, हुम्ला, मुस्ताङ, म्याग्दी, डोल्पा लगायत जिल्लाका उच्च पहाडी तथा हिमाली भूभागहरूमा बाक्लो हिमपात भएको छ । बाक्लो हिमपातका कारण त्यस क्षेत्रका जनजीवन समेत प्रभावित भएको छ ।

प्रतिक्रिया 4