+
+
Shares

वर्षाका कारण भक्तपुर–साँगा सडकखण्डमा सवारी जाम

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १९:०७

१४ माघ, काभ्रे । वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत साँगा सडकखण्डमा सवारीसाधन जाममा परेका छन् । बुधबार अपरान्ह काठमाडौं लगायका जिल्लामा वर्षा भएको थियो ।

भक्तपुरखण्डको बाँसघारी र काभ्रेको भैंसेपाटीसम्मको सवारी जाम भएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो ।

जिल्ला ट्राफिक प्रहरी  कार्यालय काभ्रेपलाञ्चोकले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनिल धाजूले साँगामा सडक चिप्लो भएको कारण जाम भएको जानकारी दिए ।

अहिले जेसीबीको मद्दतले हिलोमा फसेका सवारी तान्ने काम भइरहेको छ ।

बनेपाबाट साँगा जाने सवारी नालाबाट डाईभट गरिएको जिल्ला ट्राफिक प्रहरी  कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

त्यस्तै वर्षाको कारण अरनिको राजमार्गकै धुलिखेल खावा सडक खण्डको पाकुचादेखि पूरानो खावासम्म बाटोमा लेदो खसेको र बाटो चिप्लो भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेलबाट खावातर्फ जाने  अरनिको राजमार्ग भई सञ्चालन हुने दुई पाङग्रे तथा चार पाङ्ग्रे साना सवारी साधनहरूलाई वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?