+
+
Shares

दाउन्नेमा सडक चिप्लो हुँदा राजमार्ग अवरुद्ध

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा वर्षाका कारण सडक चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते २०:२०

१४ माघ, काठमाडौं । नारायणगढ-बुटवल सडकखण्ड अन्तर्गत दाउन्नेमा सडक चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको छ ।  नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा वर्षाका कारण सडक चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार दिउँसोदेखि सडक अवरुद्ध भएको हो । निर्माणाधीन सडकमा सामान्य वर्षापछि माटो हिलो हुने हुँदा सवारीसाधनलाई दाउन्नेको उकालोमा उक्लिन समस्या भएको छ ।

दाउन्नेको घिउ खोलामा ढलान र विश्वकर्मा मन्दिर क्षेत्रमा कल्भर्ट निर्माणको काम चलिरहेको छ । वर्षाका कारण सो क्षेत्रमा सडक चिप्लो र हिलो हुँदा अहिले करिब दुई सय सवारीसाधन जाममा फसेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी कुशल बर्तौलाका अनुसार अहिले सडक मर्मत गर्दै एकतर्फी सवारी सञ्चालन गरिएको छ । तर लामो जामको कारण सडकको अवस्था बुझेर मात्रै यात्रामा निस्कन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?