+

अमेरिकी क्रिकेटर आरोन जोन्स आईसीसीको निलम्बनमा

२०८२ माघ  १५ गते ११:११ २०८२ माघ १५ गते ११:११
अमेरिकी क्रिकेटर आरोन जोन्स आईसीसीको निलम्बनमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी क्रिकेट खेलाडी आरोन जोन्सलाई आईसीसीले एन्टी–करप्सन नियम उल्लंघन गरेको आरोपमा निलम्बनमा राखेको छ।
  • जोन्समाथि बीआईएम १० प्रतियोगिता र अन्तर्राष्ट्रिय खेलसँग सम्बन्धित पाँच वटा भ्रष्टाचार अभियोग लगाइएको छ।
  • आईसीसीले जोन्सलाई सबै क्रिकेट गतिविधिबाट तत्काल प्रभावमा निलम्बन गरेको र अनुसन्धान जारी रहेको जनाएको छ।

१५ माघ, काठमाडौं । अमेरिकी क्रिकेट खेलाडी आरोन जोन्स क्रिकेट वेस्ट इन्डिज र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का एन्टी–करप्सन नियम उल्लंघन गरेको आरोपमा निलम्बनमा परेका छन् ।

जोन्समाथि एन्टी–करप्सन सम्बन्धी पाँच वटा अभियोग लगाइएको छ। मुख्य आरोप २०२३/२४ सिजनको बीआईएम १० प्रतियोगितासँग सम्बन्धित छन्, जुन वेस्ट इन्डिज क्रिकेटको अधिकार क्षेत्रमा पर्छ। थप दुई आरोप भने अन्तर्राष्ट्रिय खेलसँग सम्बन्धित छन्, जुन आईसीसीकै एन्टी–करप्सन कोड अन्तर्गत पर्छन्।

जोन्समाथि खेल फिक्सिङ गर्ने प्रयास, फिक्सिङका लागि आएको प्रस्तावबारे जानकारी नदिने, अनुसन्धानमा सहयोग नगर्ने, र प्रमाण लुकाउने/नष्ट गर्ने जस्ता गम्भीर आरोप छन्।

आईसीसीका अनुसार जोन्सलाई तत्काल प्रभाव रहने गरी सबै प्रकारका क्रिकेट गतिविधिबाट अस्थायी रूपमा निलम्बन गरिएको छ।

आईसीसीले जारी गरेको विज्ञप्तिमा यो अनुसन्धान अझै जारी रहेको र यस विषयमा अन्य व्यक्तिमाथि पनि आरोप लाग्न सक्ने उल्लेख गरिएको छ।

यो प्रकरणलाई अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो भ्रष्टाचार अनुसन्धानको रूपमा हेरिएको छ।

आईसीसी आरोन जोन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय