News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली टेनिस खेलाडी शिभाली गुरुङले अष्ट्रेलियामा भएको एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफीको सेमिफाइनलमा पराजित भइन् ।
- शिभाली अष्ट्रेलियाकी मुसेम्मा सिलेकसँग सोझो सेटमा पराजित भएकी हुन् ।
- प्रतियोगितामा एसिया-प्यासिफिक क्षेत्रका ८-८ खेलाडीले दुई समूहमा विभाजन भएर प्रतिस्पर्धा गरेका थिए।
१५ माघ, काठमाडौं । नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले अष्ट्रेलियामा भइरहेको एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगिताको सेमिफाइनलमा पराजित भएकी छन् ।
अष्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगिताको बिहीबार भएको सेमिफाइनलमा शिभाली घरेलु खेलाडी अष्ट्रेलियाकी मुसेम्मा सिलेकसँग सोजो सेटमा पराजित भइन् ।
मेलवर्न पार्क-वेस्ट कोर्ट १४ मा भएको खेलमा सिलेकले पहिलो सेट ६-१ ले सहजै आफ्नो पक्षमा पारेकी थिइन् । दोस्रो सेटमा शिभालीले टक्कर दिएपनि सिलेकले ६-४ ले आफ्नो पक्षमा पार्दै खेल जितेकी हुन् ।
अर्को सेमिफाइनलमा भारतीय खेलाडी जेन्सीले जापानी खेलाडी आयोइ योसिदालाई सोझो सेटमा हराएर फाइनल पुगेकी छिन् ।
त्यसअघि शिभालीले बिहीबार बिहान भएको ग्रुप ए को आफ्नो अन्तिम खेलमा घरेलु खेलाडी जसलिन के लाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन् ।
मेलवर्न पार्क-वेस्ट कोर्ट १९ मा भएको खेलमा शिभालीले जसलिनलाई ६-०, ६-१ ले सहजै पराजित गरेकी थिइन् ।
यसअघि ग्रुपको पहिलो खेलमा शिभालीले बुधबार चीनकी जिन्यु झाउलाई प्रतिस्पर्धात्मक खेलमा २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेकी थिइन् ।
ग्रुप ए को दोस्रो खेलमा भने शिभाली भारतकी जेन्सी कनाबारसँग २-० को सेटमा पराजित भएकी थिइन् ।
एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट गरी ब्वाइजतर्फ ८ र गर्ल्सतर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
गर्ल्स र ब्वाइज दुवैमा सहभागि खेलाडीलाई दुई समूहमा विभाजन गरिएर खेलाइएको थियो ।
प्रतिक्रिया 4