+
+
Shares

निर्वाचन सुरक्षाबारे आयोगको चासो, गृहमन्त्रीले भने– बिथोल्न खोजे कडा कारबाही हुन्छ

निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री अर्यालले भने- मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकारवाला सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १६:५०
Photo Credit : रासस ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्।
  • अर्यालले निर्वाचन आयोगसँगको छलफलमा सरकार भयरहित निर्वाचनको वातावरण बनाउन प्रतिबद्ध रहेको बताए।
  • गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल गरी सुरक्षा योजना बनाएर काम गरिरहेको उनले उल्लेख गरे।

१५ माघ, काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन् ।

निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री अर्यालले भयरहित निर्वाचनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत आयोगका पदाधिकारीसँग बिहीबार निर्वाचन आयोगमा निर्वाचनको शान्तिसुरक्षा र निर्वाचनको समग्र व्यवस्थापकीय तयारीका बारेमा छलफल भएको थियो ।

छलफलमा गृहमन्त्रीले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिई कार्य गरिरहेको बताए ।

मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकारवाला सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको पनि उनले बताए । यसका लागि गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुनेगरी सुरक्षा योजना बनाएर काम गरिरहेको उनको भनाइ थियो ।

आपराधिक तथा निर्वाचनविरोधी गतिविधि उपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइसकेको पनि गृहमन्त्री अर्यालले अवगत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?