News Summary
Generated by OK AI. Editorially reviewed.- चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा बाराको नव जनजागृति युवा क्लबलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ।
- मिलन राईले चर्च ब्वाइजका लागि ह्याट्रिक गरे भने अबायोमी फाकुनलेले दुई र एरिक विष्टले एक गोल गरे।
- नव जनजागृतिको यो लगातार चौथो हार हो र उनीहरू अंकविहीन हुँदै पुछारमा छन्।
१५ माघ, काठमाडौं । चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा बाराको नव जनजागृति युवा क्लबलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बिहिबार भएको खेलमा चर्च ब्वाइजका लागि मिलन राईले ह्याट्रिक गरे । यस्तै अबायोमी फाकुनलेले दुई तथा एरिक विष्टले एक गोल गरे । नव जनजागृतिका लागि विदेशी खेलाडी जोहान बोएरले एक गोल फर्काए ।
पहिलो हाफमै चर्च ब्वाइजले ५ गोल गरेको थियो । फाकुनलेले तेस्रो मिनेटमै गोल गर्दे चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने ३१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । एरिक विष्टले आठौं मिनेटमा अग्रता दोब्बर पारेका थिए । मिलन राईले पहिलो हाफको २०औं र ४१औं मिनेटमा गोल गरे ।
मिलन राईले ६१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । नव जनजागृतिका लागि जोहान बोएरले ८१औं मिनेटमा सान्त्वना गोल फर्काए । राष्ट्रिय लिगमा दोस्रो जितपछि चर्च ब्वाइज ४ खेलबाट ७ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।
नव जनजागृतिको भने यो लगातार चौथो हार हो र अंकविहीन हुँदै पुछारमा छ ।
प्रतिक्रिया 4