१६ माघ, काठमाडौं । शहीद दिवसको अवसरमा आज विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसै अवसरमा काठमाडौं महानगरपालिकाको आयोजनामा शहीद स्मारक लैनचौरमा पनि विशेष समारोह आयोजना गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की लगायतले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे ।
त्यसअघि प्रभातफेरि आयोजना गरिएको थियो । शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भएको थियो ।
सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता थियो ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने चार सहिद—धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित अन्य सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइने गरिन्छ ।
हेर्नुहोस् शहीद दिवसका तस्वीरहरु–







प्रतिक्रिया 4